कुमारी जब र फाउन्ड परियोजनाबीच सम्झौता

कुमारी जब र फाउण्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच अपाङ्गता भएका व्यक्तिलाई औपचारिक रोजगारीको अवसर प्रदान गर्ने सम्झौता पत्रमा सहमति भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्देश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् ।
कुमारी जबका प्रबन्ध निर्देशकसन्देश भण्डारीले शारिरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम रहेकाले क्षमता अनुसारको अवसर दिने बताए ।
यो सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक शर्माले हस्ताक्षर गरे ।