Logo

फागुन १५ गतेदेखि चैत ९ गतेसम्म २५ दिने उपत्यका सरसफाइ अभियान सुरु हुने

आगामी फागुन १५ गतेदेखि चैत ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सूचित भएका ७ वटा सम्पदाहरूको सरसफाइ अभियान सुरु हुने भएको छ । आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियान सञ्चालन हुने जानकारी दिइएको हो ।
२५ दिने उपत्यका सफाई अभियानमा सम्बन्धित नगरपालिकाका मेयरहरूलाई प्रमुख अतिथिमा बनाउने अभियानको कार्यक्रम छ ।
अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाई गदै आएको बताए । सरसफाइको सुरुवात टोलबाट गरेपनि पछि काठमाडौं उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायत धेरै सफाइ अभियान चलाउँदै आएको उनले सुनाए ।
उनले सफाइ अभियान समय धेरै भएर नगरेको भन्दै आफ्नो भित्रि चाहाना र इच्छाको कारण गरीरहेको बताए । सरसफाइले प्रकृतिलाई स्वच्छ राख्ने उनको भनाइ थियो । काठमाडौंमा सधंै फोहोरको डंगुर हुने पनि उनले बताए । उनले भने, ‘नेपालको कुनै पनि गाउँपालिका सफा छैनन्, जहाँ–जहाँ मानव बस्ती छ, त्यहाँ फोहोर छ ।’ राज्यले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनले ध्यान दिनपर्नेमा जोड दिए । साउथ राष्ट्रका सबैभन्दा धेरै फोहोर हुने ५ देश भएको उनले जिकिर गरे ।
उनले संसारको पहिलो बंगलादेश र दोस्रो फोहोर राष्ट्र अफ्रिका भएको सुनाए । काठमाडौं उपत्यका सफा भए मात्र नेपाल अन्तर्राष्ट्रिय स्तरमा सफा देशको सूचीमा पर्ने उनको भनाइ थियो । नेपालमा आउने पर्यटकमध्ये काडमाडौंमा मात्र ६० प्रतिशत घुम्ने जिकिर गर्दै उनले काठमाडौंलाई सफा राख्नुपर्ने बताए ।
पुरानो चल्दै आएको परम्परा अनुसार आफूहरूले सरसफाई गरिरहेको र सरसफाइ ठोस योजनाअनुसार नभएको संयोजक राजमानले सुनाए । सरसफाइ विधि राम्रो नभएको भन्दै उनले नेपालको सफाइ विधिलाई परिवर्तन गर्न आवश्यकता रहेको औंल्याए । उनले भने,‘बिहान एक टाइम सफा गर्ने, कसैले सफाइका बारेमा अनुगमन पनि नगर्ने यो तरिका परिवर्तन हुन जरुरी छ ।’ नेपालको सफा गर्ने विधि अवैज्ञानिक र अव्यवस्थित भएको उनले आरोप लगाए ।
पर्यटकीय सहर पोखराका केही भाग सफा भएपनि धेरै स्थान फोहोर भएको उनले सुनाए । उपत्यकाको सरसफाइ गर्ने जिम्मा कसको हो त्यो कसैलाई थाहा नभएको उनले सुनाए । आफ्नो घर, टोल सफाइका लागि जनता आफैं सचेत हुनपर्नेमा उनले जोड दिए ।
मानवले आफू सरसफाइ गरिरहेको अवस्थामा मर्न चाहेको पनि स्पष्ट पारे । विश्वका सबै मानवले आफूले प्रयोग गरेर निस्किएका वस्तुहरू नै फोहोर भएको भन्दै जथाभावी फोहोर फाल्न नहुने बताए । सरसफाई गर्न सबैले आफ्नो दायित्व सम्झेर जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो । नेपालमा जति फोहोर गरेपनि दण्ड जरिवानाको व्यवस्था नगरिएको भन्दै फोहोर गर्नेलाई जरिवाना तोक्न सम्बन्धित निकायलाई समेत आग्रह गरे । नेपालमा फोहोर फाल्नेलाई कारवाही गर्ने नियम भएपनि लागु नभएको उनले उल्लेख गरे ।
त्यस्तै, मैतीदेवी वातावरण संरक्षण अभियानका संयोजक राजेश श्याम मिश्रले उपत्यका व्यापी सरसफाई सबैले आ–आफ्नो ठाउँमा रहेर मात्र सम्भव नभए पछि एकिकृत भएर उपत्यका ब्यापी सरसफाई अभियान सञ्चालन गर्न लागेको बताए । राज्य सञ्चालन गर्ने नेताहरू दृढताको साथ लागेमा काठमाडौं उपत्यकामा फोहोरको समस्या नहुने उनको भनाइ थियो । फोहोर व्यवस्थापन गर्न ल्याण्ड फिल साइडको राम्रो व्यवस्था हुनपर्ने उनले बताए । वर्खा लागेसँग सधै बाटो बिग्रने समस्या सधै उस्तै रहेको भन्दै मानन्धरले चाँडो भन्दा चाँडो बाटो निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले सरसफाई अभियान साढे ७ देखि ९ बजेसम्म गर्ने पनि जानकारी दिए ।
यसैगरी, मनोहरा सरसफाई अभियानका संयोजक चन्द्र दगांलले नेपाल सप्तऋषिले तपस्या गरेका भुमि हो भन्दै पवित्र तपोभुमिको सरसफाइ नगरे ठुलो पाँप लाग्ने बताए । २०७० जेठबाट बागमती सफाइको सुरुवात गरेको सुनाए । प्रकृतिको सुन्दर उपहार नेपाल भएपनि पछिल्लो समयमा फोहोरी देशको रुपमा परिचित भएको उनले आरोप लगाए ।

एमसीसी बारे प्रत्येक सांसदले ५ मिनेट बोल्न पाउने
काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा बोल्न चाहने सांसदले ५ मिनेट समय पाउने भएका छन् । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
तर, आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सूचना टाँस गरेर स्थगित भएको हो । बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
एमसीसी सम्बन्धि छलफलमा भाग लिन चाहाने सांसदलाई ५-५ मिनेटको समय दिइने भएको हो ।

प्रदेश सरकारले पायो एसईई परीक्षा सञ्चालनको जिम्मा
काठमाडौं । एसईईको परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेशलाई दिएको हो ।
प्रदेशलाई अधिकार दिने कानुन पारितसँगै प्रदेश सरकारले एसईईको परीक्षा लिने जिम्मा दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्