चोरी शिकारी न्यूनीकरणका लागि सेनाद्वारा अन्तरक्रिया कार्यक्रम

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणले चोरी शिकारी न्यूनीकरणका लागि अन्तरक्रिया कार्यकक्र गरेको छ । निकुञ्जभित्र पछिल्लो समयमा चोरी शिकारी बढ्दै गएको र निकुञ्जभित्र हुने चोरी शिकारी तथा विभिन्न गतिविधिलाई न्यूनीकरण गर्नको लागि सेनाले विभिन्न पक्षसँग अन्तरक्रिया कायत्र्रmम सञ्चालन गरेको हो ।
सेनाले बिहीबार निकुञ्ज क्षेत्रसँग सरोकार राख्ने निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष,स्थानिय नागरिक, बुद्धिजीवी, व्यवसायी, भुपू सैनिक, नेचर गाइड लगायत संरक्षण कर्मी सँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको देवीदल गणका गणपती तथा प्रमुख सेनानी सुनिल मल्लले जानकारी दिए ।
“निकुञ्ज क्षेत्रभित्रको अपराध न्यूनीकरण गर्नका लागि सबैको सहकार्य आवश्यक हुने गर्दछ, यसै गरी संरक्षणमा पनि सबैको सहकार्य महत्वपूर्ण हुन्छ ।” प्रमुख सेनानी तथा गणपती मल्लले भने, “निकुञ्ज क्षेत्रभित्र गैरकानुनी तवरले घुसपैठ गरेर अवैद क्रियाकलाप गर्नेलाई सेनाले विभिन्न समयमा पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाउने गरेको छ, र यी यस्ता अपराध न्यूनीकरणमा सबैले ध्यान दियो भने अपराध न्यूनीकरणमा सहजता प्रदान हुन्छ ।”
सेनाले यस आर्थिक वर्षको हाल सम्म निकुञ्जमा गैकरकानुनी ढङ्गले प्रवेश गर्ने २ हजार ३ सय २९ जनालाई पक्राउ गरेको छ । यसैगरी गैरकानुनी तरिकाले प्रवेश गरेर अपराध गर्ने क्रममा १४ वटा सवारीसाधन, १ सय ३ धरेलु औजार, ६१ ओटा जाल तथा पासो समेत सेनाले पक्राउ गरेको गणपतीले मल्लले बताए । पक्राउ परेकामध्ये ४० जनालाई भने सेनाले मुद्दा लगाएको छ ।
यस्तै यता निकुञ्ज कार्यालयले पनि निकुञ्ज संरक्षण र चोरी शिकारी नियन्त्रण गर्नको लागि निकुञ्ज वरपरको क्षेत्र आवश्यक रहने भएकोले संरक्षण र चोरी शिकारी नियन्त्रण गर्नको लागि सबै पक्षले एकजुट हुनुपर्ने जनाएको छ ।
प्रमुख संरक्षण प्रमुख अधिकृत किशोरकुमार मेहताले निकुञ्ज संरक्षण तथा निकुञ्ज भित्र हुने अपराध न्युनिकरणमा मध्यवर्ती क्षेत्र लगायत निकुञ्जसँग जोडिएको क्षेत्र सबैको हुने भएकोले अपराध न्युनिकरणमा एकजुट हुनुपर्नेमा उनले जोड दिए । सेनाले निकुञ्जमा गैरकानुनी तवरले घुसपैठ तथा अपराध हुन नदिन समय समयमा विभिन्न खाले पट्रोल पनि गर्दै आएको छ जसका कारण चोरी शिकारमा केही नियन्त्रण भएको भए पनि सेनाले भने अझ कडाइ गरेर विभिन्न खाले गस्ती बढाउने जनाएको छ ।