Logo

पर्यटन पुनरुत्थानको लागि गठन भएको समितिले काम थाल्यो


कोभिड–१९ पछिको पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।
विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन भएको समितिमा जानकारी गराउँदै हानले छुट सुविधा उपलब्ध गराएको जानकारी गराएको छ । कोभिड १९ को प्रभावका कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान गर्न, पर्यटन उद्योगको नयाँ सम्भावनाहरुको खोजी, पहिचान तथा प्रर्वद्धन गर्नको लागि तथा यस क्षेत्रमा लगानिको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानमा वृद्धि गर्ने बताइएको छ छ ।
हाल कोभिड संक्रमण घट्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकार मन्त्रिपरिषबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ लाई परिमार्जन गरी यात्रा सम्वन्धी मापदण्डलाई थप सरलिकरण गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको ।
निर्देशक समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्न गराउनको लागि राजाराम गिरीको संयोजकत्वमा प्रर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समिति गठन भई सो समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ । पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समितिको २४ माघको निर्णय अनुसार पर्यटन उद्योग सम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टाछुट्टै कार्य समुह तथा प्रदेश स्तरबाट सल्लाह सुझाव लिन प्रदेश प्रतिनिधि समेत तोक्ने निर्णय गरेको छ ।
विदेशिी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा लाग्ने भाडामा छुटका लागि पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिले आन्तरिक वायुसेवा कम्पनीहरुलाई अनुरोध गरेकोमा बुद्ध र यति एयरलाइन्सले छुट दिने प्रतिवद्धता जनाएका छन् ।
सरकारले हाल कार्यान्वयनमा रहेको ट्राभल रेस्ट्रिक्सन्लाई खुकुलो बनाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत नेपाल पर्यटनको लागि खुल्ला रहेको सन्देश जाने गरी आवश्यक कार्यक्रम तथा मन्त्रालयको तर्फवाट औपचारिक सन्देश प्रवाह गरिने बताइएको छ र

प्रतिक्रिया दिनुहोस्