Logo

सनराईज बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

वित्तीय बजारको विकासका साथै आर्थिक र नितिगत विकासका कारण वित्तीय साक्षरताको महत्व बढदै गएको छ ।
नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई समाज र समाजका व्यक्तिहरुमा पु-याउने उद्देश्य अनुरुप सनराईज बैंकले पनि देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको छ । यहि उद्देश्य अनुरुप सन्राइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई)बीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।
सो सहमतिपत्रअन्तर्गत विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँचसम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमति गरेको हो ।
वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पु-याउने, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउन, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउने भन्ने उद्देश्य साथ वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत राज्यलक्ष्मी राणाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्