सुजुकी सेलेरियोको नयाँ मोडल नेपाली बजारमा

सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी सेलेरियो कार सार्वजनिक गरेको छ ।
सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्ट कारण, बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने विश्वास रहेको कम्पनीले जनाएको छ । मारुती सुजुकीको सिनामंगलमा रहेको डिलर प्रविशा ट्रेडिङमा मंगलबार अल न्यु सेलेरियो सार्वजनिक गरिएको हो ।
नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ । न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, विना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ ।
एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५’ (३८.०२ सेन्टिमिटर) अर्बन कालो अल्लो पांग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।
नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ। स्विपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ ।
पावर र माइलेजको उत्तम सम्मिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटीयुक्त के–सिरिज इन्जिन प्रयोग गरेको छ जसले नेपालमै सर्वाधिक २६.६८ किमि प्रतिलिटर माइलेज दिनसक्नेछ। सेगमेन्टमै पहिलो इडल स्टार्ट स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले कार्बन उत्सर्जनलाई १९ प्रतिशतसम्म घटाउनेछ ।
मारुती सुजुकी सेलेरियो तीन भेरियन्टमा उपलब्ध छ । कम्पनीका अनुसार सेलेरियो भीएक्सआईको मूल्य २७ लाख ९९ हजार रुपैयाँ, जेटएक्सआई २९ लाख ९९ हजार र जेटएक्सआईप्लसको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।