Logo

ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

ज्योति विकास बैंकले पोखरा महानगरपालिका ३० कास्कीस्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत अस्पताललाई नवजात शिशुको शारिरीक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।
अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक शाखा प्रबन्धक सागरमणि भण्डारीद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चालन सम्बन्धि विशेष तालिम पनि प्रदान गरिएको थियो । ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ।
बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनको नेतृत्वमा सञ्चालमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा न्यानो नानी (बेबी वार्मर) बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको न्यानो नानी परियोजना २ को लागि सहयोग प्रदान गरेको थियो ।
बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्