Logo

हाइलक्स सेरामिक्सका उत्पादन विराटनगरमा

विराटनगर- अन्तर्राष्ट्रिय ब्राण्डको हाइलक्स सेरामिक्सका उत्पादनहरू प्रदेश–१ को राजधानी विराटनगरमा बिक्री सुरू गरिएको छ ।
हाइलक्सले विभिन्न च्यानल पार्टनरमार्फत नेपालका विभिन्न सहरहरूमा आफ्ना उत्पादन बिक्री वितरण गर्दै आइरहेकोमा विराटनगरस्थित पिपलचोकमा फ्रेन्चाइ पार्टनर मोडलका रुपमा बिक्री सुरू गरेको हो । हाइलक्सले किचन तथा बाथरुमका सामानहरू बिक्री कक्षमा राखेको छ ।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बिक्री कक्षको उद्घाटन गरे । सो अवसरमा अध्यक्ष रिजालले कोरोनाको विषम परिस्थितिमा पनि व्यवसायमा लगानी गरेकामा प्रशंसा गरे । “नेपालमा सरकारले उद्योगी व्यवसायीलाई दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने प्रवृत्ति विडम्बना भएको छ,” उनले भने, “यस्तो अवस्थामा पनि लगानी थपिनु प्रशंसनीय कार्य हो ।”
बिक्री कक्षका सञ्चालक विश्व आचार्यले हाइलक्स ब्राण्डको आधिकारिक बिक्रेताका रुपमा विराटनगरमा बिक्रीकक्ष सञ्चालनमा ल्याइएको जनाए । उनले अन्तर्राष्ट्रिय उत्पादन सुपथ मूल्यमा विराटनगरमा उपलब्ध गराउन विराटनगरमा आधिकारिक बिक्री कक्षका रुपमा सञ्चालनमा ल्याइएको बताए ।
बिक्री कक्षमा हाइलक्स ब्राण्डका वाथरुमका सामान, वेशिन, धारा, बाथटप, किचन चिम्नी, ग्याँस हवलगायतका सामानहरू उपलब्ध छन् । हाइलक्सका उत्पादनहरू काठमाडौं उपत्यकासहित इटहरी, धरान, दमक, नारायणघाट, पोखरा, बुटबललगायतका सहरमा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्