एनआरएनए अफ्रिकाद्वारा सुस्त मनस्थितिका विद्यार्थीलाई सहयोग

गैरआवासीय नेपाली संघ नाइजेरियाद्वारा लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रिटमेन्ट होम स्कुलका विद्यार्थीहरुलाई खाद्यान्न तथा लत्ता कपडालगायत सामग्रीहरु सहयोग गरेको छ । हालै एक विशेष कार्यक्रम आयोजना गरी स्कुलका प्रिन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरिएको छ ।
संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम कर्मदेशमा परोपकारी कार्यमा पहिलो पटक सहयोग प्रदान गरेको जनाएको छ । कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, नाइजेरिया अध्यक्ष जनक विष्ट, आइसिसी सदस्य चिरञ्जीवी रोका, महिला उपसंयोजक मन थापा, उपाध्यक्षहरु उर्मिला रोका र विश्वास पौडेल, महासचिव रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, महिला संयोजक अन्जु पौडेल, सदस्यहरु दुर्गा विष्ट, आशा सरकारलगायतको उपस्थिती रहेको थियो । सन् १९६० मा स्थपित उक्त स्कुलमा ४५० जना सुस्त मनस्थितिका विद्यार्थीहरु आवासीय रुपमा अध्ययनरत छन् ।