Logo

पुलिस र एपीएफले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको पहिलो हाफको ४१आँै मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक– एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने गोल हुन सकेन । यस बराबरी खेलसँगै पुलिसले १२ खेलबाट १२ अंक जोडेको छ । समान खेल खेलेको एपिएफको भने १५ अंक भएको छ ।
लिगमा बाह्रौँ चरणको खेलहरू चलिरहँदा विजेता र रेलिगेसनमा पर्ने टोलीहरूको भने टुंगो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्