Logo

विश्वकप छनोटबाट बाहिरियो नेपाल

टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा यूएईसँग हार बेहोरेपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै भएको छ । पछिल्लो विश्वकपमा एसियाको पूर्वी छनोटबाटै बाहिरएको नेपालले ग्लोबल छनोटमा यूएईसँग ६८ रनको हार बेहोरेपछि विश्वकप यात्रा टुंगिएको हो ।
अब अष्ट्रेलियामा आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने विश्वकपमा यूएईले खेल्ने पक्का भएको छ । १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभर पनि टिक्न सकेन । १८ ओभर चार बलमा अलाउट भएको नेपालले १०७ रन मात्र बनाउन सक्यो । यसअघि सन् २०४ मा नेपालले बंगलादेशमा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्