Logo

सहकारीको व्याजदर बढाउन दवाव


ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन् ।
मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन । ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
उनले पछिल्लो समय सहकारीहरुमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनु पर्ने बताए । “पछिल्लो पटक वित्तीय तरलता सहकारीमा पनि प्रचुरमा देखियो । यति ठूलो कोरोना महामारी, भूकम्प देख्नु भयो यस्तो बेलामा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको सेवाको लागि काम गरिहेको परिस्थितिमा जुन विषय सहकारीसँग सम्बन्धित छँदै छैन” उनले भने, “त्यसलाई अस्वाभाविक प्रक्रियाले सहकारी भित्र पनि तरलता देखियो । जसको प्रत्येक्ष प्रभाव कर्मसियल बैंकहरुसँगको अस्वभाविक ब्याजदर वृद्धि गर्न सहभागीहरु पनि दोषी छन् ।”
कर्मसियल बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्नाले सहकारीहरुमा असर परेको ढकालले बताए । उनले सरकारले विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तेस्रो पिल्लरलाई सम्मान गर्नु पर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरेर १० लाख सदस्यहरुलाई सेवा दिइरहेको पनि बताए । उनले सहकारीको क्षेत्रमा प्रत्यक्ष रुपमा ८० हजार बढीलाई रोजगारी दिइरहेकाले महासंघको माग तत्काल सम्बोधन हुनु पर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्