Logo

रेल -याक उपलब्ध नहुँदा नेपाली कन्टेनर भारतमै रोकिए

वीरगन्ज-वैदेशिक व्यापारको पारवहन सेवामा भारतीय रेलवे सेवाका भगिनी संस्था कोंकणको एकाधिकार समाप्त भए पनि मनोमानी अझै कायम नै छ । तेश्रो मुलुकसँगको व्यापारमा पारवहन सेवा दिँदै आएको कोंकणले समुद्री बन्दरगाहबाट रेलमार्फत वीरगन्जस्थित सुक्खा बन्दरगाहसम्म मालवाहक कन्टेनर ढुवानी गर्दै आएको छ ।
यसअघि सुक्खा बन्दरगाह व्यवस्थापनको समेत हिस्सेदारी बनेको कोंकणले सुक्खा बन्दरगाहमा प्रिन्सटाइन भ्यालीले ठेक्का पाएपछि एकाधिकार तोडिएको थियो । तर, अझै पनि उसको मनोमानीले गर्दा नेपाली आयातकर्ताहरूले समस्या भोग्दै आइरहेका छन् । यही समस्या समाधान गर्न नेपाली आयातकर्ताले भारतीय पक्षलाई आग्रह गरेपछि भारत सरकारले मातहतका निकायलाई नेपालको कन्टेनर पठाउन सहजीकरण गर्न निर्देशन दिएको छ ।
भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) ले भारतीय कन्टेनर निगम (कोंकण), प्रिन्सटाइन मेगा लजिस्टिक पार्क र इन्टरनेसनल कार्गो टर्मिनल एन्ड इन्फ्रास्ट्रक्चरलाई गत हप्ता निर्देशन दिएको छ । नेपालका लागि ढुवानी हुने कार्गोका लागि आवश्यक रेल -याक उपलब्ध गराउन बोर्डले भनेको छ ।
लामो समयदेखि एकाधिकार जमाएको कोंकणले नेपाली आयातमा समस्या उत्पन्न गरेपछि विकल्प खोजिएको थियो । त्यसक्रममा नेपाल–भारत रेल सेवा सम्झौता संशोधनपछि कन्टेनर ढुवानीमा निजी कम्पनीको प्रवेश भएको होे । तर, अहिले निजी रेल कम्पनीहरूले ढुवानी सुरु गरे पनि पारवहन सेवा सहज हुन सकेको छैन । गएको असार १५ गते रेल सेवा सम्झौता संशोधन भएपछि भदौ ३० मा पहिलोपटक भारतीय निजी रेल प्रिन्सटाइन भ्यालीले वीरगञ्ज सुक्खा बन्दरगाहमा सामान ल्याएको थियो । यसले कोंकणको एकाधिकार तोडिएको थियो । निजी रेल कम्पनीको प्रवेशसँगै कोंकणले भाडा र रेल ¥याक संख्यामा कटौती गरेपछि कन्टेनर ढुवानीमा समस्या भएको हो ।
भारत सरकारको लगानी रहेको कोंकण पूर्वाधारमा निजी कम्पनीभन्दा निकै बलियो रहेको छ । उसले रेल भाडा ३० देखि ३५ प्रतिशतसम्म घटाएको थियो । त्यसपछि निजी कम्पनी पनि भाडा घटाउन बाध्य भए । तर, कोंकणले कन्टेनर लोड गरिने ¥याक)संख्या पनि घटाइदिएपछि ढुवानी अस्तव्यस्त बनेको हो । तेस्रो मुलुकबाट आउने कन्टेनरमध्ये अहिले पनि ९० प्रतिशत ढुवानी कोंकणले नै गर्ने गरेको छ । अन्य प्रतिस्पर्धीहरूलाई नेपाली बजारबाट विस्थापित गर्नका लागि कोंकणले यस्तो षड्यन्त्र गरिरहेको प्रतिस्पर्धी कम्पनीका प्रतिनिधिहरूले बताएका छन् । कोंकणले उत्पन्न गरेको समस्याले गर्दा नेपालको कन्टेनर ढुवानी हुन नसकेको एक कम्पनीका कोलकातास्थित प्रतिनिधिले बताए ।
उनका अनुसार कोंकण नेपालमा ढुवानी सेवा दिने निजी कम्पनीहरूको विरुद्धमा लागेको छ । तिनीहरूले कम संख्यामा -याकहरू प्रयोग गरी ग्राहकलाई दबाब दिने र निजी कम्पनीका अपरेटरहरूबाट जोगिनका लागि अभावको स्थिति सिर्जना गरेको ती प्रतिनिधिको दाबी छ । अन्य धेरै निजी कम्पनीहरूले पनि नेपालको ढुवानी सेवामा प्रवेश गर्ने योजना बनाइरहेकोले छिट्टै समस्या समाधान हुने ती प्रतिनिधिको भनाइ छ । ¥याक नपाएर डेढ÷दुई महिना बन्दरगाहमै कन्टेनर रोकिने अवस्था आएपछि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलगायत निकायमा वीरगञ्ज उद्योग वाणिज्य संघले पत्राचार गरेपछि पनि कोंकणको नियोजित योजनाका कारण नेपाली आयातकर्ताहरूले समस्या भोगिरहेका छन् ।
सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात समिति वीरगञ्जका प्रमुख कमल ज्ञवालीका अनुसार चालू आर्थिक वर्षको साउनमा १०, भदौमा १६, असोजमा ११, कात्तिकमा १०, मंसिरमा १७ र पुसमा ११ वटा -याक कन्टेनर लिएर नेपालको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आएको छ । ज्ञवालीका अनुसार अहिले ७ -याक कन्टेनर बाटोमा रहेका छन् भने कोलकातामा १० र विशाखापट्टनममा २० -याक कन्टेनर भारतमा रोकिएका छन् । कोरोना महामारीको समयमा कोंकणले मालवाहक कन्टेनर सुक्खा बन्दरगाहमा ल्याएर अनलोड गर्दै खाली ¥याक लिएर गएपछि नेपालतर्फ पनि खाली कन्टेनरहरू थुप्रिएका छन् । नेपालतर्फ पनि झण्डै २ हजारको हाराहारीमा कोंकणले ल्याएका खाली कन्टेनर सुक्खा बन्दरगाह यार्डमा रहेको भन्सार अधिकृत बलराम भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्