Logo

बिग सिजी डे २२.२.२२

चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटल ई.कमर्सले बिग सिजीडे २२.२.२२ योजना ल्याएको छ ।
बिग सिजीडे योजना प्रत्येक वर्ष एक विशेष योजनाका रुपमा ‘सिजीडे’ ईकमर्सले मनाउने जानकारी दिएको छ । यस योजनामा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आर्कषक छुटमा १० देखि १६ फागुनसम्म उपलब्ध हुने कम्प्नीको भनाइ छ ।
यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बंैक कार्ड छुट र सरल किस्तावन्दी, अतिरिक्त छुट कुपन, साथै पहिलो २२ जना ग्राकहलाई २,२०० रुपैयाँ बराबरको फ्रि गिफ्ट, जस्ता विशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
बिग सिजी डे २२.२.२२ मा सिजी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स, सिजी फुड्स, सिजी नेट, सिजी हिल्स्, सिजी एजुकेशन, सिजी हस्पिटालिटी, सिजी सिमेन्ट, सिजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न प्रोडक्ट तथा सेवा सुविधामा विभिन्न अफर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्