एनआरएनए यूएईको स्वास्थ शिविर «

एनआरएनए यूएईको स्वास्थ शिविर

यूएई : एनआरएनए यूएईको आयोजनामा खुला रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम अबुधाबीमा रहेको नेपाली दूतावास परिसरमा सम्पन्न भएको छ । एनआरएनए राष्ट्रिय समन्वय समितिको आयोजना तथा अबुधाबी क्षेत्रीय समिती र अबुधाबी नेशनल ब्लड बैंकसँगको सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रममा ८० पुरुष र २० महिलाले रक्तदान गरेका थिए भने यूएईका विभिन्न राज्यमा छरिएर रहेका नेपालीहरु सहभागी भएका थिए ।
विभिन्न पेशा र रोजगारका सिलसिलामा युएईमा रहेका नेपालीहरुको स्वास्थ समस्याहरुको पहिचान, निराकरण, परामर्श तथा सहजीकरण सुविधा निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले एनआरएनएले स्वास्थ महिनाको अवधारणा ल्याएको एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठले बताए । यहि शुक्रबार निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिने भएको पनि आयोजकले जनाएका छन् । एनआरएनएको स्वास्थ महिना कार्यक्रम अन्तर्गत अबुधाबीको हम्दानस्थित अलअहेलिया अस्पतालमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको हो । यूएईका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ विशेषज्ञहरुको टोलिद्वारा नेपालीहरुलाई निःशुल्क रुपमा सेवा दिने स्वास्थ शिविरको लक्ष्य रहेको एनआरएनएले जनाएको छ । स्वास्थ शिविरमा पूर्ण शारीरिक परिक्षण, रक्तचाप परिक्षण, मधुमेह लगायत पछिल्लो समय नेपालीहरुले भोग्दै आएका विभिन्न रोग र स्वास्थ समस्याहरुको निःशुल्क परिक्षण तथा परामर्श सेवा उपलब्ध हुने एनआरएनएले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्