Logo

इसेवाको रिफर एन्ड अर्न अफर सुविधा

भुक्तानी सेवा प्रदायक इसेवाले रिफर एण्ड अर्न अफर पुनः सार्वजनिक गरेको छ ।
इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर ल्याएको थियो । यस अफर अन्र्तगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा २० आम्दानी गर्न सक्नेछन् ।
यस्तै इसेवामा न्यूनतम सय रुपैयाँ रकम लोड गर्दा ५ र कारोबार गर्दा १० रुपैयाँसहित ३५ रुपैयाँ आम्दानी गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्ल्ेख छ । रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिनभित्र सोही लिंक क्लिक गरी आग्रह रिफर स्विकार गर्नुपर्नेछ । इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सहजता ल्याएको दावी गरेको छ ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्