Logo

महालक्ष्मी विकास बैंंकको साधारणसभा १३ फागुनमा

महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा यही १३ फागुनमा हुने भएको छ ।
यसअघि गणपुरक संख्या नपुगेपछि स्थष्ति भएको साधारणसभा फेरि हुन लागेको हो । बैंकको सञ्चालक समितिको निर्णय अनुसार आगामी शुक्रबार साधारणसभा हुने भएको हो ।
साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्ताव सभामा पेश गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्