Logo

प्रकोप प्रतिरोधका लागि युएसएआईडीले निजी क्षेत्रसँग सहकार्य गर्ने


विपत नियन्त्रणमा निजी क्षेत्रसँग सहकार्य गरेर युएसएआईडीले प्राइभेट सेक्टर इनोभेसन च्यालेन्ज (पीएसआइसी) परियोजना सञ्चालन गर्ने भएको छ ।
युएसएआईडीको तैयार नेपालले नेपालमा विपद् व्यवस्थापनमा योगदान पु-याउन दिगो समाधानको खोजीमा निजी क्षेत्रलाई संलग्न गराउने उद्देश्यका साथ एउटा आयोजना गर्ने जनाएको छ ।
प्राक्टिकल एक्सन कन्सल्टिङले गरेको अन्तरक्रियामा तयार नेपालकी पार्टी प्रमुख ट्यामी हयारिस, प्राक्टिकल एक्सन कन्सल्टिङमा निजी क्षेत्रको लिड मिलन जोशी र श्रीनगर गुप्र अफ कम्पनीजकी निर्देशक मौसमी श्रेष्ठ परियोजना बारे जानकारी दिएका थिए ।
प्रमुख ह्यारिसले तयार नेपालले नेपालको विपद् जोखिम व्यवस्थापन र पूर्वतयारी संस्थाहरूको क्षमता र निजी क्षेत्रको नवप्रवर्तन चुनौतीको दृष्टिकोणलाई बलियो बनाउन कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
पीएसआइसी कार्यक्रमको सञ्चालनका लागि नेपालभरका सम्भावित स्टार्टअप तथा सञ्चालनमा रहेका व्यवसायहरुबाट आवेदनका लागि खुला आवेदन माग गरिएको । १० वटा नवीन व्यवसाय र विचारहरु छनोट गरी नयाँ व्यवसायको धारणका लागि तालिम सञ्चालन गरिने छ । छनोट भएका व्यावसायिक धारणालाई बुट क्याम्पमार्पmत नयाँ र सञ्चालनमा रहेका व्यवसाय सम्बन्धि सिप र तालिम उपलब्ध गराइने छ ।
व्यवस्यामा नयाँ विचारसहित व्यवसायको प्रस्ताव पेश प्रस्तुत गर्ने १० मध्ये पनि तीन उत्कृष्ट व्यावसायिक विचारलाई बजारमा ल्याउनका लागि थप ४ महिनाको गहन कार्यक्रमका लागि छनोट गरिने र केही स्टार्टअफ रकम समेत उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस्