Logo

नगरको सहरी पूर्वाधार विकासका लागि ५० करोड

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ ।
महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयबाट ५० करोड रुपैयाँ बजेट प्राप्त हुने भएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउने पत्र पठाएपछि धनकुटास्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले बजेट खर्चका लागि प्रारम्भिक चरणको तयारी थालेको आयोजना प्रमुख रञ्जनकुमार दासले बताए । यो बजेट मुख्य गरी सडक निर्माण तथा स्तरोन्नती, भवन निर्माण, हाट बजारको संरचना निर्माण जस्ता काममा खर्च गरिने बताइएको छ । तर, कुन–कुन क्षेत्रमा के–कति खर्च गर्ने, के–कस्तो योजना निर्माण गर्ने भन्ने बिषय छलफलबाट टुंगो लगाइने छ ।
पहिलो चरणमा नगरपालिका र स्थानीयबासीसँग योजनाका बारेमा जानकारी लिएपछि त्यसको सर्भे गरेर रिपोर्ट पठाइने आयोजना प्रमुख दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्