सुदूरपश्चिम महोत्सवको आय–व्यय सार्वजनिक

धनगढी-कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघ कैलालीले पत्रकार सम्मेलन गर्दै महोत्सवबाट १ करोड २३ लाख ६८ हजार ९ सय ५ रुपैयाँ आम्दानी देखिए पनि सबै कटाएर ३५ लाख ६९ हजार ८ सय ७१ रुपैयाँ बचत भएको जानकारी दिएको छ ।
जसमा फाराम बिक्री १६ हजार, स्टल भाडा २९ लाख ६४ हजार, टिकट बिक्री ४ करोड ५१ लख ३ हजार ६ सय ५५, पाकिङ २० हजार २ सय ५०, प्रयोजकहरूबाट २ करोड ४८ लाख ४ हजार, सिटी टुर १ लाख ७२ हजार र रमाइलो मेलाबाट २२ लाख रुपैयाँ संकलन भएको जनाएको छ । यस्तै, व्ययतर्फ जम्मा १ करोड २३ लाख ६८ हजार ९ सय ५ खर्च भएको जनाएको छ । जसमा स्टल निर्माणमा ८ लाख ६० हजार ९ सय ७५, तलब र खाना खर्चमा २ लाख ५४ हजार ५ सय, मञ्च श्रृंगारका लागि १ लाख १७ हजार ३ सय २४ रुपैयाँ खर्च भएको प्रस्तुत विवरणमा जानकारी दिएको छ ।
यस्तै, राष्ट्रिय कलाकारलाई १६ लाख ३० हजार,स्थानीय कालाकारलाई ८ लाख २७ हजार ५ सय, वाद्यवाद्यनका लागि १ लाख २७ हजार २ सय ७० खर्च भएको आयोजकले जनाएको छ ।
त्यसैगरी, साउन्ड सिस्टममा २३ लाख, हवाई टिकटमा १ लाख ४७ हजार ४ सय, सुरक्षा व्यवस्थापनमा ६ लाख २१ हजार ३ सय २५, सचिवालय व्यवस्थापनमा ६ लाख २१ हजार ३ सय २५, सचिवालय व्यवस्थापनमा ८४ हजार १ सय ९० खर्च भएको छ ।
यस्तै, फल्याक्स व्यानरममा ४ लाख २६ हजार २ सय ४२, इन्धन खर्च ९७ हजार २ सय ५५, मायाको चिनो तथा व्याजमा १ लाख २३ हजार, हेलिकप्टर शुल्क ३ लाख ६० हजार, मसलन्द खर्च १ लाख ३३ हजार ९ सय ७२ रुपैयाँ, क्षतिपूर्ति गहुँ खेतीमा २७ हजार दिएको छ । अतिथि सत्कारमा ४ लाख ९८ हजार ५ सय १४, बिजुली व्यवस्थापनमा १ लाख ५४ हजार ६ सय खर्च भएको आयोजकले जानकारी दिएको छ ।
बैंक कमिसनमा ५ सय ३०,टिकट छपाइमा १ लाख ५५ हजार,कृषि प्रदर्शनी पुरस्कारमा २ लाख ९५ हजार १७, टिकट कमिसन रेडक्रसलाई ४ लाख २६ हजार ५ सय ३३, खानेपानी व्यवस्थापनमा १ लाख ३० हजार ६ सय खर्च भएको छ । सरसफाइमा १ लाख ३६ हजार ३ सय २०, टेलिफोनमा २० हजार २ सय ६०, अनुदानमा १७ हजार, स्टल फिर्तामा २६ हजार र विज्ञापनमा ८ लाख ७० हजार ६ सय खर्च भएको जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा संस्था भएकाले वस्तुगत संघका कार्यालयहरू पनि उद्योग वाणिज्य संघमा स्थापनाका लागि रकम खर्च गर्ने तयारीमा संघ रहेको वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए । कैलाली उद्योग वाणिज्य संघले यो पटकको महोत्सवमा सबैभन्दा बढी रकम बचत गरेको संघका अध्यक्ष पुष्पराज कुँवर दाबी गरे ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष मंसिर २२ गतेदेखि सुरु हुने महोत्सव संघको निर्वाचनका कारण यस वर्ष माघ २१ गतेदेखी फागुन ५ गतेसम्म सञ्चालन भएको थियो ।