इलेक्ट्रोनिक पार्टीमार्फत सूचना दिँदै मुगमकामारो

मुगु –कुनै बेला चिठीपत्र सूचना के हो भन्ने कुराबाट पछि परेका मुगुका मुगाललाई हिजो आज मुगमकामारो गाउँपालिकाले डिजिटल इलेक्टोनिको माध्यमबाट सूचना सेवा प्रवाह दिँदै आइरहेको छ ।
सूचना इलेक्ट्रोनिक माध्यामले विश्वमा निकै तीव्र गतिमा अधि बढी रहेका समयमा मुगु जिल्लामा रहेका चार स्थानीय पालिकामध्ये कम शिक्षित भएको यो पालिकामा स्थानीय सरकार सञ्चालनमा आएपछि पालिका भित्र रहेका नागरिकहरूले पालिकाबाट दैनिक प्रवाह हुने सेवा सुबिधा के–के हुन् कसरी सेवा लिन सकिन्छ भन्ने सहज रूपमा आम नागरिकले थाहाँ पाउन सकुन सुचना पाटिमा टाँस गरिएको सूचान र अन्य इन्टरनेट, वेबसाइट, युट्यबमा, फेस बुक पेजमार्फत सार्वजनी गरेका सूचनाहरू पालिका भित्ररहेका सेवा लिने सेवाग्राहीको पहुँच हुन नसक्ने भएको हुँदा कार्यालय कक्षामा प्रवेश गरेपछि ठूलो अक्षेरबाट देखिने सहज रूपमा पढ्न र सुन्न सक्र्ने भएको हुनाले डिजीटल सूचना प्रयोगमा ल्याएको मुगमकामारो गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुवास रावलले बताए ।
पहिला पालिका बाट दिइने सेवा सुबिधा सार्वजनिक हुनुत हुन्थ्यो सूचनापार्टीमा टाँस गरिन्थो । सहजै रूपमा सबैजनाले सूचना पढ्न पाउँदैनथे पालिकाबाट दिने सेवाबाट धेरै जना बञ्चित छन् ।