Logo

सिद्धार्थ बैंक र क्लाक्र्स रिसोर्टबीच सम्झौता

सिद्घार्थ बैंक र वीरगञ्जको गण्डकस्थित कलाक्र्स रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलाक्र्स रिसोर्टका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकले कलाक्र्स रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत होटल बसाई सेवाको भुक्तानीगर्दा २० प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्