Logo

मिडिया अलायन्स र हाम्रो फर्माबीच सम्झौता

हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया अलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार हाम्रो फर्माले मिडिया अलायन्स नेपालका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ । काठमाडौं उपत्यकाभित्र हाम्रो फर्माले बिहान १० बजेसम्म औषधिको अर्डर पाए सोही दिन घरसम्म आपूर्ति गरिदिने बताइएको छ ।
हाम्रो फर्माले मासिक रुपमा डिजिटल माध्यमबाट ग्राहकलाई नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिनलाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाण्डर नोटिस’ पनि पठाउनेछ । यसले निमोनिया र फ्लू खोपका लागि विशेष छुट दिने सहमति जनाएको छ भने घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलव्ध गराउने सम्झौतामा उल्लेख छ । यसका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि छ । यसले सेवाग्राहीको घरमै गएर मधुमेयको फास्टिङ टेस्ट गर्ने र पिपी टेस्टका लागि सेवाग्राहीको कार्यालमै पुगेर परीषण गर्ने सहमति पनि जनाएको छ । यसले परीक्षणको रिपोर्ट सेवाग्राहीको चाहनाअनुसार इमेल, ह्वाट्सयाप वा भाइबरबाट पठाउने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्