Logo

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा ११ फागुनमा

लाइफ इन्स्योरेन्स कर्पोरेशन ( नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा फागुन ११ गते गर्ने भएको छ ।
सभाले २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी आव २०७६-०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७-०७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रकि निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारीत गर्नेछ ।
कोरोना महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्