उद्यमशिलता विकास र दिगो पर्यटन प्रवद्र्धनमा नबिल बैंक

उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । सो सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कका अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्येश्यले बैंकले लिएको दिगो बैकिङको पहलमा सम्झौता कोशेढुंगा साबित हुने बताए ।
यसले स्थानीय स्तरमा उद्यमशिलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने उनले बताए ।
कम्युनिटी होमस्टे नेटवर्कका अध्यक्ष ढकालले सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय समुदायमा अझ बढी फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे ।