मञ्जुश्री फाइनान्सको शाखा कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा शाखा कार्यालय विस्तार गरेर सेवा सुरुवात गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।
२०७८ साल पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरी ११.२ अर्ब कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाइनान्सले विप्रेशण, मोवाइल बैकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।