कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रंखला सुरू «

कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रंखला सुरू

अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोसबीच गत असोजमा भएको सम्झौता बमोजिमको कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृंखला परियोजना सञ्चालन गर्ने कार्यक्रम सुरु भएको छ ।
राजस्व सचिव कृष्णहरि पुष्करले उक्त परियोजनाको सुरुवात गरेका हुन् । सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रूपमा परिभाषित गरेको, किसान कार्ड–एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरी श्रोत संकलनमार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पु-याउँदै आएको कृषि विकास बैंकलाई सरकार मार्फत आइएफएडीबाट करिब ८० मिलियन अमेरिकी डलर वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ ।
भिआइटिए कार्यक्रम देशका ५ वटा प्रदेशको विभिन्न जिल्लाहरूमा आयात प्रतिस्थापन गर्न सकिने भएको छ । निर्यात प्रवद्र्धन योग्य र केही कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशु वस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रूपमा तोकिएको छ ।
राजस्व सचिव पुष्करले यस किसिमको सहयोगले साना कृषकहरूको आय स्तरवृद्धि हुने, रोजगारी सृजना हुने तथा बैंकको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने बताए ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि तथा पशु तर्फका सचिव क्रमशः डा. गोविन्दप्रसाद शर्माले परियोजना सफलताका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दातृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढङ्गबाट कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य शृंखलामा आबद्ध गराई लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्