Logo

ज्योति लाइफले १० प्रतिशत बोनस सेयर दिने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुमा १० प्रतिशतले बोनस दिने भएको छ ।
कम्पनीको चौथो वार्षिक साधारण सभाले सेयरधनीलाई सो बोनस दिने प्रस्तावा पारित गरेको हो ।
उक्त सभामा ज्योति लाइफले आफ्ना सेयरधनीमा १० प्रतिशतले हुन आउने २२ करोड बराबरको २२ लाख कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै ज्योति लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड कायम भएको छ ।
कम्पनीका सञ्चालकहरुमा संस्थापक सेयरधनी समूह –क तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र साधारण सेयरधनी समुह–ख तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्