Logo

जेनेसिसको दोस्रो चरणको लगानी

बिजनेस अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ ।
नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेसिस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो । विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो ।
आशाजनक प्रतिफल र सम्भावनाहरू भएका कारण जेनेस सोलुसनलाई विश्वभर डिजिटल रूपान्तरणको उदीयमान कम्पनीको रूपमा स्थापित गराउन बिजनेस अक्सिजनले थप लगानी गरेको जनाइएको छ ।
बिजनेस अक्सिजन प्रा.लि. (बीओटू) नेपालको पहिलो निजी ‘इक्विटी फन्ड’ हो र यो इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आईएफसी) को ग्लोबल एसएमई भेन्चर इनिसिएटिभको एउटा अंग हो । यसमा आईएफसीको वल्र्ड बैंक ग्रुप, क्लाइमेट इन्भेस्टमेन्ट फन्ड (पीपीसीआर) र एफसीडीओको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्