Logo

फोटोन सोरुममा एक्सचेन्ज क्याम्प

फोटोन मोटर्सले काठमाडौं बालकुमारीमा रहेको सोरुममा फागुन ८ गते देखि १५ गतेसम्म एक्सचेन्ज क्याम्प गर्ने भएको छ ।
सो क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्यान्डसँग साटी तत्कालै टुनल्यान्ड लिएर जान सकिने कम्पनीले जनाएको छ । पुराना गाडीहरूको बजारमा प्रचलित मूल्य भन्दा उच्चतम भ्यालुएसन दिने कम्पनीले जनाएको छ ।
उक्त एक्सचेन्ज क्याम्पमा फाइनान्सको सुविधा पनि रहेको कम्पनीले सनाएको छ । साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको पनि जनाइएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सेल्स हेड नविन आचार्यले एक्सचेन्ज क्यापमा उत्कृष्ट एक्स्चेञ्ज योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्