Logo

जेरो सुगरको नयाँ स्वादमा कोका–कोला

कोका–कोला नेपालले स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ ।
आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्नीले जनाएको छ । अब नेपाली उपभोक्ताले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वादलिन सक्ने कम्पनीको भनाइ छ ।
व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर अझै सानदार प्याकेजिङ र उत्कृष्ट स्वादको साथमा आएको कम्पनीले जनाएको छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहनेकालागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको बताइएको छ ।
सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोका–कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलो पल्ट लन्च भएको थियो । नयाँ कोका–कोला जेरो सुगर ५०० मिलि र २५० मिलिमा नेपालभर उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्