Logo

सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिएकी छन् ।
नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रूपमा जनतासँग जोडिएको संस्था भएकाले समयानुकूल प्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवाप्रवाहमा नापी विभागले विशेष ध्यान दिँदै जनताले अनुभूति गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले २०७२ को विनासकारी भूकम्पका कारणले विस्थापित भएका नियन्त्रण विन्दुहरूलाई प्रतिस्थापन गर्नेगरी आधुनिक प्रविधिको प्रयोग गरेर नियन्त्रण विन्दुहरू स्थापना गरी परिशुद्ध नाप नक्सा गर्नका लागि विभागले काम गर्नु पर्ने र त्यसमा आवश्यक सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको पनि बताइन् ।
राष्ट्रिय भूमि आयोगको काम सरकारको राष्ट्रिय प्राथमिकतामा परेको काम भएकाले त्यस कामलाई प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न विशेष भूमिका खेल्नसमेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरिन् ।
छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृतिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्