Logo

विश्वशान्ति स्तुपाः क्षेत्रमा विश्वकर्मा संग्रहालय स्थापना हुने

पोखरा महानगरपालिका–२२ (पुम्दीभुम्दी) स्थित विश्वशान्ति स्तुपाः क्षेत्रमा विश्वकर्मा समुदायको राष्ट्रिय विश्वकर्मा संग्रहालय स्थापना हुने भएको छ । विश्वकर्मा समाज नेपालले पहिलो चरणमा करिब १४ लाखको लागतमा संग्रहालय भवन निर्माण गर्ने भएको समाजकाअध्यक्ष गणेश बहादुर विश्वकर्माले बताए ।
गण्डकी प्रदेशको शिक्षा संस्कृति, विज्ञान प्रविधितथा सामाजिक विकास मन्त्रालयले उक्त सग्रहालय भवन निर्माणका लागि पहिलो चरणमा १० लाख रुपैयाँ उपलब्ध गराउने भएको उनले जनाए । बाँकी रकमभने विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट संकलन गर्ने लक्ष्य राखिएको विश्वकर्माले बताए । साथै समाजले संग्रहालय भवन निर्माण सहित सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ आवश्यक हुने भएको उनले जनाए । उक्त संग्रहालयमा विश्वकर्मा जातिको कलातथा भेषभूषा एवं उनीहरूले गर्दै आएको कामको बिषयमा समेत संग्रह गरिने भएको विश्वकर्माले बताए ।
समाजका अध्यक्ष गणेशबहादुर विश्वकर्माको अध्यक्षतामा उक्त समारोह सम्पन्नभएको सचिव सन्तोष दियालीले बताए । पोखरा २२ को (पुम्दीभुम्दी) स्थित विश्वशान्ति स्तुपा नजिक विश्वकर्मा समुदायको संग्राहलय स्थापना गर्न हाल भवन निर्माण गर्न लागिएको अध्यक्ष विश्वकर्माले बताए । यसैबीच उक्त संग्रहालय भवनको एक समारोहकाबीच शनिबार गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले शिलन्यास गर्दै उक्त संग्रहालय निर्माणले पोखरा २२ को थपपर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।
अझै उत्पिडनमा परेकाहरूको अधिकार सुनिश्चित नभएकाले आफ्नो अधिकार प्राप्तीको सुनिश्चितता नहुँदासम्म एक भई लड्न आवश्यक भएको मन्त्री बरालको भनाई थियो । दूषित मनसायले आएको अनुदान नेपाललाई स्वीकार्य नहुने बताए । अन्य समुदायको दाजोमा नपुग्दासम्म उत्पिडनमा परेकालाई अवसर दिनुपर्ने बताउँदै मन्त्री बरालले केही समयको लागि हाल उत्पिडनमा परेकाका लागि क्षतिपूर्ति स्वरुप अवसर दिनै पर्ने धारणा व्यक्त गरेका थिए ।
प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिवविनोद कुंवरले उक्त संग्राहलयले पर्यटन प्रबद्र्धनमा समेत टेवापुग्ने विश्वास व्यक्तगरे । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले उक्त भवन निर्माणमा सहयोग गर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले १० बर्षीय जनयुद्धले गर्दा समाजमा जागरुकता आएको बताउँदै उक्त संग्रहालय निर्माणमा सहयोग गर्ने जनाए । पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिव नविन विश्वकर्माले विश्वकर्माहरूले आफ्नो पहिचान छाड्न नहुने बताउँदै आफ्नो जात छोड्दा जनसङख्या नै घटेको तथ्याङ्क आएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्