Logo

सिमरा गोल्डकप चैत दोस्रो साता

बारा- जीतपुर सिमरा गोल्डकपको १२ औं संस्करण चैत दोश्रो सातादेखि बाराको सिमरा रंगशालामा सञ्चालन हुने भएको छ । फ्लड लाइटमा रात्रिकालीन आयोजना हुने प्रतियोगिताको आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन क्लब, आयोजक र मोफसलका तीन गरी १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । चैत १० देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दश लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल सहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही २० हजारका दरले पुरस्कृत गर्ने आयोजक क्लबले सम्मेलनमा जानकारी गराएको छ ।
२०६६ सालबाट सुरु भएको प्रतियोगिताको उपाधि संकटा क्लब, त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लबले दुई–दुई पटक जितेका छन् भने आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर सहिद स्मृति क्लबले एक–एक पटक उपाधि उचालेका छन् ।

प्रतिक्रिया दिनुहोस्