Logo

पोखराको फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालनमा

पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म शुक्रबारदेखि ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ ।
फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नको लागि अन्नपूर्ण केबुलकार प्रालीले केवलकार निर्माण गरेको हो । केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २ सय ६५ मिटर लामो रहेको छ । १३ वर्ष अगाडि अध्ययन भएर २ अर्ब भन्दा बढी लगानीमा निर्माण भए्रको केबलकारको शुक्रबार देखि व्यवसायीक सेवा शुरुवात गरिएको अन्नपूर्ण केबुलकार प्रालीका निर्देशक तिर्थ त्रिपाठीले वताए । उनले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको बताउँदै हाल आधा क्षमतामा मात्रै सञ्चालनमा आएको जानकारी दिए । उनँले भने,‘ १३ वर्ष अगाडि हामीले जापानी मुलुकको नेपाली नागरिक ताकासी म्याआराज्युलाई नेपालमा ल्यायौ र सर्भे गर्दा केवलकारको लागि यो स्थान उचित लाग्यो । यो केवलकारको क्षमता १ घण्टामा १५ सय जना मान्छेहरु ओहोर दोहोर गर्न सक्छन तर हाल १७ वटा गोन्डला संचालनमा छन् । यसमा ३५ वटासम्म राख्न सक्छौँ । यसरी यो केवलकारले एक घण्टामा २ हजार जनाले सेवा लिन सक्छन् ।’
त्यस्तै अन्नपूर्ण केबुकार प्रालीका प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताए । उनले फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने पनि बताए ।
केबुकारले आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन गर्ने तयारी गरेको छ । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो । अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक संचालनको योजना रहेपनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ । प
केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमालर पोखरा शहर हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाएका छन् । सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ ।
जापानको ‘निप्पल केबुल’ कम्पनीको डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ । कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ तथा तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था पनि छ । स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्