महालक्ष्मी विकास बैंकद्वारा फर्निचर सहयोग

महालक्ष्मी विकास बैंकले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई विभिन्न फर्निचरका सामग्री सहयोग गरेको छ ।
बैंकले आफ्नो एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग गरेको जनाएको छ ।
सो शाखाले उद्योग वाणिज्य संघको कार्यालयलाई अफिस टेबल, दराज, सोफा र कुर्सीलगायतका सामग्री हस्तान्तरण गरेको हो । उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीमार्फत कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।