Logo

ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

ज्योति विकास बैंकले चिउरीडाँडा स्वास्थ्य चौकी खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत यी अस्पतालहरुलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बताइएको छ ।
चिउरीडाँडा स्वास्थ्य चौकीमा बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवद्धधन कोषका संयोजक सुरेन्द्र नेपालीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.७– खोटाङका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष महन्तकुमार राईलाई सो बेबी वार्मर हस्तान्तरण गर ।
यस्तै कल्पवृक्ष स्वास्थ्य चौकीमा बैंकका तर्फबाट सुरेन्द्र नेपालीले मरीण गाउँपालिका वडा नं.३, सिन्धुलीका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका विमर्श मोक्तानलाई बेबी वार्मर हस्तान्तरण गरेको बैंकले जनाएको छ । कार्यक्रममा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि तालिम पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्