हुन्डाई हेभी इक्विपमेन्टको अनमोल अफर

ग्राहकको सन्तुष्टि तथा सेवा अनुभवलाई थप प्रोत्साहन दिने उद्देश्यले कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालले हुन्डाई अनमोल अफर बजारमा ल्याएको छ ।
अफरअन्तर्गत ग्राहकहरुले हुन्डाई आर १४० एलएस स्मार्ट खरिदमा २ हजार घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ ।
उपकरणहरु उचित मूल्यमा पाइनका साथै स्पेयर पार्ट्सहरू पनि किफायती मूल्यमा बजारमा सजिलै उपलब्ध हुनका साथै सेवा प्रदायक कम्पनीहरू हप्ताको सातै दिन डोर–टु–डोर सेवा उपलब्ध गराउन प्रयत्न राख्ने कम्पनीको दाबी छ ।
हुन्डाईका निर्माण उपकरणहरु बलियो र टिकाउ हुनका साथै कम सञ्चालन लागतमा साथ उच्च लोड वहन क्षमता हुन्छन् । कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालको लागि ‘हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट’को एकमात्र वितरक हो ।
कम्पनी मूलतया हुन्डाई निर्माण उपकरणहरूको समग्र बिक्री, सेवा र स्पेयर पार्ट्सका साथै जिसुङ ब्रेकर्स, र्यामर ब्रेकर र एमबी बकेट क्रसरहरुको व्यवसाय तथा सेवामा केन्द्रित रहेको छ । कम्पनीले उकरण तथा सेवाहरुको गुणस्तर, सेवामा ग्राहकको सन्तुष्टि र हुन्डाई कन्स्ट्रक्सन मेसिनसँग सम्बन्धित स्पेयर पार्ट्स देशभर उपलब्ध गराउने काम गर्दछ ।
हुन्डाई आर १४० एलएस स्मार्टको अपरेटिङ तौल १३ हजार ७ सय ९० किलो, ग्रस पावर २ हजार आरपीएममा १०५ एचपी, बकेट क्यापासिटी ०.६५ एमएमएम रहेको छ । यसको अधिकतम टर्क १५ सय आरपीएममा ३७.५ जीएफएम छ भने यसमा २७० लिटरको इन्धन अट्छ । यसको स्विङ स्पिड १२.० आरपइीएम, बुम लम्बाइ ४६०० एमएम, आर्म लेंग्थ २१ सय एमएम रहेको छ। त्यसैगरी मेसिनको अधिकतम खनाइ ७ हजार ९२० एमएम छ भने यसले ५ हजार १५० एमएम गहिराइसम्म खन्न सक्छ ।