Logo

विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पु-याउँदैछौ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पु¥याउनका लागीरहेको बताएका छन् ।
भवन नभएका विद्यालयलाई भवन दिने र भवन भएकालाई आइसिटी ल्याव दिने काम शुरु भइसकेको उनले बताए । शिक्षा पत्रकार समूहको २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बोल्दै मन्त्री पौडेलले राष्ट्रिय पुस्तकालय र शिक्षक अस्पताल निर्माणको काम अघि बढिसकेको बताए । संघीय शिक्षा ऐन लगायत शिक्षाका ४ ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै उनले उक्त ऐनले वर्तमान शिक्षाका धेरै समस्या समाधान गर्ने बताए । शिक्षामा सामान्य सुधार गरेर नपुग्ने आमूल परिवर्तन आवश्यक रहेकोमा जोड दिँदै मन्त्रीपौडेलले भने– “मन्त्रालयएक्लैले केहीगर्न सक्दैन, सबैको साथ र सहयोग आवश्यक हुन्छ ।” एकअर्कालाई दोषारोपण गर्न छाडेर सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो ।
शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले शिक्षामा एकातिर समस्या र समाधान अर्कोतिर हुँदा अस्तव्यस्तता कायमै रहेको बताए । शिक्षा पत्रकारिता पछिल्लो समय जानकारी दिने मात्रै भन्दा पनि विश्लेषणतिर उन्मुखहुँदै गएको टिप्पणी गरे । यस्तै शिक्षाविद प्राडा मनप्रसाद वाग्लेले सरकारले शिक्षण सिकाइ पुरा गर्न भन्दा शैक्षिक सत्र भित्रै पाठ सक्न मात्रै लागी परेकोमा आपत्ती जनाए । सरकारले सिकाइमा भन्दा पढाइमा ध्यानदिएको आरोप लगाउँदै चैत भित्र जसरी नि कोर्स सक्नु भनेर निर्देशन दिनु गलत भएको उनको भनाइथियो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षाका समस्या समाधान उन्मुख रहेका भन्दै परीक्षा प्रणालीमा वैज्ञानिक सुधार गर्न लागीपरेको बताए । वरिष्ठ शिक्षा पत्रकार राजेन्द्र दाहालले सरकारले शिक्षण सिकाइमा भन्दा परीक्षामा मात्रै ध्यानदिएको आरोप लगाए । “हामीकहाँ परीक्षाबोर्ड मात्रै भयो, शिकाइ र पढाइ बोर्ड भएन ।”दाहालले भने, “आइसिटी ल्याव बाँडेर मात्रै हुँदैन त्यो सिकाउनशिक्षकलाई तालीमदिनुपर्यो ।”

शिक्षा पत्रकार समूहमा मल्लको नेतृत्वमा नयाँ कार्यसमिति
शिक्षापत्रकार समूहको ११ औं अधिवेशनले बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा निर्जला कक्षपति, उपाध्यक्षमा शिलापत्र डटकमका जनक नेपाल, महासचिवमा देखापढी डटकमका रोशन क्षेत्रीगाउँले, सचिवमा इकागज डटकमका विष्णु विवेक विश्वकर्मा र कोषाध्यक्षमा अन्नपूर्णपोष्ट दैनिककी ममताथापा रहेका छन् ।
यस्तै, सदस्यहरूमा हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्र प्रसाद सिंह र अनिताश्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्