भारत पाचौं आकर्षक लगानी गन्तव्य

विश्वव्यापी सिइओमाझ गरिएको सर्भेमा जापानलाई उछिन्दै भारत पाचौं आकर्षक लगानी गन्तव्य भएको छ । यो वर्ष भारत विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुकका रूपमा स्थापित हुने पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । परामर्शदातृ फर्म प्राइसवाटरहाउस कुपर्सले सञ्चालन गरेको सर्भेमा प्रमुख कार्यकारीले आफ्नो घरेलु बजारबाहेक लगानीकर्ताले पहिलो नम्बरमा अमेरिकामा लगानी गर्ने इच्छा व्यक्त गरेको बताएका छन् । यसपछिको स्थानमा चीन रहेको छ ।