Logo

भन्सार विन्दुमा कारोबार मूल्य कायम गर्न चेम्बरको सुझाव


नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग बिहीबार भएको छलफलमा चेम्बरले वस्तुहरुको आयत-निर्यातमा भएको कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो ।
भन्सारमा सन्र्दभ मूल्य कायम हुँदा मूल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्र्दभ मूल्यका कारण समग्र राजस्वमा नै असर गरेको तथा हुण्डी कारोबार मौलाएको बताए ।
बिल, बिजक प्रक्रियामा पनि कठिन भएको अध्यक्ष मल्लको भनाइ छ । उनले अनुगमन प्रणालीलाई एकद्वार व्यवस्थित एवं व्यवसायमैत्री बनाउन महानिर्देशक पौडेललाई आग्रह गरे ।
भन्सार विन्दुहरुमा हुने अनियमित कारोबार नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न उनले आग्रह गरे । राजस्व चुहावट सम्वन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तीय जरिवाना गर्ने व्यवस्था गर्नसमेत चेम्बरले सुझाव दिएको छ ।
बैङिकङ प्रणालीमा ७ लाख भन्दा बढीको कारोबार गर्दा सबै विवरण पेश गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन पनि अव्यवहारिक तथा झण्झटिलो भएको अध्यक्ष मल्लले बताए । साना तथा खुद्रा व्यवसायीको सहजीकरणका लागि ५० लाख रुपैयाँसम्मको सिलिङलाई वृद्धि गरी २ करोड पु-याउनसमेत अध्यक्ष मल्लले आग्रह गरे । यो व्यवस्थाबाट थुप्रै साना व्यवसायीहरु करको दायरामा आउन प्रेरित हुने र राजस्व वृद्धिमा नै सहयोग पु¥याउने अध्यक्ष मल्लको सुझाव छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलले व्यापार सहजिकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए । चेम्बरको सुझावप्रति सरकारात्मक रहेको भन्दै उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिने सन्र्दभमा सरकार सकारात्मक रहेको बताए । व्यावसायिक सहजिकरणका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्