खोटाङमा १९ हजार मतदाता थपिए «

खोटाङमा १९ हजार मतदाता थपिए

खोटाङमा चार वर्षको अवधिमा १९ हजार बढी मतदाता थपिएका छन् । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एक लाख २५ हजार १ सय ७८ जना मतदाता थिए । त्यसयता विभिन्न समयमा सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन अभियानबाट १९ हजार २ सय ९६ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । योसँगै जिल्लामा कुल मतदाताको संख्या १ लाख ४४ हजार ४ सय ७४ पुगेको छ ।
कार्यालयका कम्प्युटर अपरेटर सञ्जीव खड्काले कुल मतदातामध्ये पुरुषम तदाताको संख्या ७५ हजार ४ सय ७८ र महिला मतदाताको संख्या ६९ हजार २६ जना रहेको जानकारी दिए । यद्यपि, निर्वाचन आयोगबाट अन्तिम विवरण नआएसम्म यसमा केही घटबढ भने हुनसक्ने उनको भनाइ छ ।
कार्यालयको प्रारम्भिक विवरणअनुसार जिल्लामा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ५ सय ९९ जनार सबैभन्दा कम साकेला गाउँपालिकामा ८ हजार ५ सय ९३ जना मतदाता रहेका छन् ।
यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ८ सय ५०, खोटेहाङमा १५ हजार ३ सय ४३, दिप्रुङ चुइचुम्मामा १३ हजार ६ सय ४७, ऐंसेलुखर्कमा ११ हजार ४ सय ४१, केपिलासढीमा १० हजार ८ सय ५५, जन्तेढुंगामा १० हजार २ सय ३८, रावाबेंसीमा ९ हजार ५ सय ६३ र वराहपोखरी गाउँपालिकामा ९ हजार ३ सय ४५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै यो वर्षको साउनयता जिल्ला बाहिरका २ सय ४५ पुरुष र २ सय ७८ महिला गरी ५ सय २३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्