म्यानचेस्टर युनाइटेड धनी फुटबल क्लब «

म्यानचेस्टर युनाइटेड धनी फुटबल क्लब

म्यानचेस्टर युनाइटेड लगातार दोस्रो वर्षमा विश्वकै धनी फुटबल क्लब भएको डिलोइटले जनाएको छ । समग्रमा युनाइटेड दसौं पटक धनी भएको छ ।
२० सर्वाधिक धनी क्लबको संयुक्त आम्दानीमा पनि २०१६–१७ को सिजनमा ६ प्रतिशतको वृद्धि भई ७.९ अर्ब युरो कायम भएको छ । यो आम्दानी पनि नयाँ कीर्तिमानी हो ।
११ वर्ष पहिलो स्थानमा परेको रियल म्याड्रिड दोस्रो र बार्सिलोना तेस्रो स्थानमा परेका छन् ।
शीर्ष २० को सूचीमा १० वटा इङ्लिस प्रिमियर लिगका क्लबहरू परेका छन् ।
यो सूचीले क्लबको ऋणलाई छोडेर आम्दानीलाई मात्रै आधार मानेको छ ।
यद्यपि म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबीचको पहिलो र दोस्रो स्थानको अन्तर भने झिनो अर्थात् १७ लाख युरो मात्रै रहेको छ ।
युरोपा लिग जितेपछि यूईएफएबाट आएको ४ करोड ४५ लाख युरोबाट बढेर म्यानचेस्टरको ६७ करोड ६० लाख युरोको आम्दानी बढेको छ ।
यो आम्दानी युनाइटेडलाई रियल म्याड्रिड र बार्सिलोनाभन्दा अगाडि राख्नका लागि महŒवपपूर्ण भएको डिलोइटले जनाएको छ ।
शीर्ष पाँचको सूचीमा बार्यन म्युनिख र म्यानचेस्टर सिटी परेका छन् । सूचीको छैटांैदेखि १० सम्मको सूचीमा आर्सनल, पेरिस सेन्ट जर्मेन, चेल्सी, लिभरपुर परेका छन् ।
टोटेनहाम ११ औं स्थानमा परेको छ भने लेस्टर सिटी १४ औं, वेस्ट हाम १७ औं, साउथएम्टन १८ औं र इभर्टन सूचीको २० औं स्थानमा परेका छन् ।
सबै क्लब ‘बिग फाइभ’ युरोपियन लिगहरूबाट आएका हुन् । यो सूचीमा इटाली, जर्मनी र स्पेन प्रत्येकबाट तीन–तीन क्लब र फ्रान्सबाट एउटा क्लब परेको छ ।

प्रतिक्रिया दिनुहोस्