Logo

सिभिल बैंक र एफवन सफ्टबीच डिजिटल सम्झौता

सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । बैंकले मोवाइल बैकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो ।
अब गरिने स्तरोन्नती पश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाइल एप मार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गरि सहज तथा सरल ढंगबाट आफुलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ ।
बैंकले हालसम्म करिव सात लाख ग्राहकलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्