Logo

धौलागिरि लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

धौलागिरि लघुवित्त वित्तिय संस्थाले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटललाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतामा धौलागिरि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
धौलागिरि लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । बागलुङ नगरपालिका–२, श्रीनगर टोलमा प्रधान कार्यालय रहेको कम्पनीले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आएको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्