Logo

महालक्ष्मी विकस बैंकको आकर्षक बचत खाता योजना

महालक्ष्मी विकास बैंकले ५१ रुपैयाँमै खोल्न सकिने महालक्ष्मी बचत वृद्धि खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले दैनिक मौज्दातमा ८.५५ प्रतिशत ब्याज गणना गरेर मासिक रुपमा भुक्तानी गर्ने जनाएको छ । बैंकले यो योजना अनुसार खाता खोलेका ग्राहकले पाँच लाख रुपैयाँको दुर्घटना बिमासमेत गरिएको जनाएको छ ।
बैंकले यो खाता अन्तर्गत निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेविट कार्ड र लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ । यो वाहेक निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाताजस्ता आकर्षक सुविधा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्