Logo

मुगुका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

जुम्ला- नेकपा (एमाले) का नेता तथा मुगु जिल्ला खत्याड गाउँपालिका ३ का ५७ वर्षिय प्रतिनिधि सभा सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्व मन्त्री समेत रहेका बानियाँ विरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी आदेश दिएको हो ।
नेपालगन्जस्थित अप्सरा होटलमा गएको माघ १९ गते बिहान आफू माथि बलात्कार गरेको भन्दै जुम्लाकी एक शिक्षिकाले माघ २४ गते मुगुका एमाले सांसद बानियाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । उजुरी दिएको चार दिनपछि मात्रै प्रहरीले बानियाँ विरुद्ध बलात्कारको मुद्दा माघ २७ गते दर्ता गरेको थियो । मुद्दा दर्ता भएको एक हप्तापछि जिल्ला अदालत बाँकेले सांसद बानियाँ विरुद्ध पक्राउ पुर्जी आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भइरहेकोले सांसद बानियाँलाई प्रहरीले छिटै नै नियन्त्रणमा लिनेछ । बानियाँ मुगु जिल्लाबाट समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्