Logo

एमसीसी शुक्रबार संसद्मा टेबुल हुन्छ : बडु

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेबल हुने बताएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री बडुले दलहरुबीचको सहमतिमै सो सम्झौता अघि बढाउन आवश्यक्ता महसुस गरेरै सरकारले २ दिनको समय दिएको स्पष्ट पारे ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीलाई टुंगो लगाउने सार्वभौम संस्था संसद् भएकाले त्यही छलफल गरेर टुंगो लगाउन सरकारले चाहिरहेको बताए । मन्त्री बडुले सो सम्झौतामा सहमती जुटाउन सरकारले सबै दलहरुलाई आह्वान गरिरहेको पनि स्मरण गराए ।
मन्त्री बडुले विगतमा बनेका सबै पार्टी नेतृत्वको सरकारले आवश्यक्ता बोध गरेको एमसीसीलाई वर्तमान सरकारले संसदबाट पारित गराउन पहल गरेको बताए । उनले दुई दिन भित्र सो सम्झौता संसदबाट पारित गराउन दलहरुबीच सहमती हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्