Logo

साहित्यकार ताना शर्माको निधन

वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय छन् ।
वि.सं. १९९१ असार ९ गते इलामको बरबोटमा जन्मेका शर्मा ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुन् । उनले नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए ।
उनी पाठ्यपुस्तक लेखक पनि हुन् । उनको ‘घनघस्याको उकालो काट्ता’ निबन्ध निकै चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्