ग्लोबल आइएमई बैंकका नौ वटा शाखारहित बैंकिङ सेवा विस्तार «

ग्लोबल आइएमई बैंकका नौ वटा शाखारहित बैंकिङ सेवा विस्तार

ग्लोबल आइएमई बैंकले नौ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी ९ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको छ ।
बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका–३, दावाँ, रामेछापको दोरम्बा शैलुङ गाँउपालिका –१, देउरालीबजार तथा वडा नं. ६, रिष्ठे बजार, धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका–४, बटेश्वर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी, नुवाकोट लिखु गाँउपालिका–४, चौघडा, रुपन्देही देवदह नगरपालिका–४, भवानीपुर र उदयपुरको कटारी नगरपालिका–६, बाँकेटारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकको भोजपुर शाखाअन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाका लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत रहनेगरी देउरालीबजारको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था तथा रिष्ठे बजारमा खोलिएको सेवाका लागि मिलन थापालाई स्थानीय प्रतिनिधि तोकिएको छ ।
यसैगरी ढल्केबर शाखाअन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेशकुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्रकुमार महतो सिंह, खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाका लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा रहेको सेवाका लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने बतइएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, विभिन्न सेवा प्रदायकका बिल भुक्तानी गर्नेलगायतका सेव लिन सक्ने बैंकले जनाएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरू गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्